play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

एसीसी यू–१९ एसिया कप क्रिकेटमा युएईविरुद्ध नेपालको सान्त्वना जित

0

भदौ २४ ।
श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेको छ । आज भएको खेलमा युएईलाई १६० रनले पराजित गर्दै नेपालले सान्त्वना जित निकालेको हो । एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा नेपालले दिएको १८६ रनको फराकिलो लक्ष्य पछ्याएको युएई ३४ ओभर ४ बलमा अलआउट हुँदै १२५ रनमा समेटियो । नेपाली बलर चम्किएको खेलमा युएईका लागि भ्रितय अर्भिन्दले सर्वा्धिक २८ रन जोडे । यस्तै अलिसान सराफुले २१ तथा ओसामा हसनले १६ रन बनाए । युएईलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ३ विकेट लिए । यस्तै राशिद खान, सुर्य तामाङ र पवन सरार्फले २÷२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८५ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ८४ बलमा ९ चौका र १ छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले ४८ रन बनाउदा आसिफ शेखले ४५ रन बनाए । त्यस्तै राशिद खानले ४४ र कमल सिंह ऐरीले ४१ रन बनाए । कुशल मल्लले २२ रन जोडे ।

Share.

Leave A Reply