play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालद्धारा युएईसामु २८६ रनको फराकिलो लक्ष्य

0

भदौ,२४ ।
श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई जितका लागि २८६ रनको फराकिलो लक्ष्य दिएको छ । एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८५ रन बनायो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ८४ बलमा ९ चौका र १ छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले ४८ रन बनाउदा आसिफ शेखले ४५ रन बनाए । त्यस्तै राशिद खानले ४४ र कमल सिंह ऐरीले ४१ रन बनाए । कुशल मल्लले २२ रन जोडे । युएईका आकाश ताहिर र सन्चित शर्माले ३÷३ विकेट लिए । आज नेपाल युएईलाई हराउँदै सान्त्वना जित निकाल्ने योजनामा रहेको छ । समूह ’बी’ मा दुई खेल गुमाएको नेपाल अंक विहिन रहदै तेस्रो स्थानमा छ । युएई पुछारमा छ । अहिले युएईले जवाफी व्याटिङग गरिरहेको छ ।

Share.

Leave A Reply