play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

ताजिकिस्तानलाई १–० गोलले हराउदै नेपाल नादेझ्दा कप फुटबलको फाइनलमा प्रवेश

0

भदौ २४ ।
नेपाल किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १–० ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सावित्राले निर्णायक गोल गरेकी हुन् । सावित्राले खेलको ८५ औं मिनेटमा गोल गरेकी हुन् । गिता रानाले प्रहार गरेको फ्रिकिकमा सावित्राले हेड गोल गरेकी थिइन् । प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । र, नेपाल शीर्ष दुईमा रहदै फाइनल पुगेको छ । अब नेपालले फाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ ।

Share.

Leave A Reply