play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

ओली र मोदीले रिमोट थिचेर गरे नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन

0

भदौ,२४ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको संयुक्त रूपमा उद्घाटन गरेका छन । प्रधानमन्त्रीद्वय ओली र मोदीले आज क्रमशः काठमाडौंको सिंहदरबार र दिल्लीको हैदरावाद हाउसबाट मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको रिमोटबाट उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रम पछि भिडियो कन्फ्रेन्समार्फत ओली र मोदीले आफ्ना धारणा राखेका थिए । प्रधानमन्त्री ओलीले आजबाट नै नेपालमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटेको जानकारी गराएका थिए । भारतले नेपालमा विभिन्न परियोजना संयुक्त रूपमा निर्माणका लागि अगाडि बढाएको र तिनलाई सम्पन्न गर्नका लागि भूमिका खेल्न पनि प्रधानमन्त्री ओलीले मोदीलाई आग्रह गरेका थिए । उनले मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए । जवाफमा मोदीले नेपाल भारत सम्बन्ध बलियो बनाउनका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने बताएका थिए । मोदीले नेपालमा विविध क्षेत्रमा साझेदारी बढाउन आफू र भारत सरकार तयार रहेको बताएका थिए । उनले नेपालमा लगानी गर्न भारत प्रतिबद्ध रहेको बताएका थिए। उनले नेपाल भारत सम्बन्धको आधार जनता भएको र राजनीतिक तहमा पनि अभूतपूर्व सम्बन्ध रहेको बताएका थिए ।

Share.

Leave A Reply