play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

युरो कप छनोटमा गिब्राल्टारलाई ४–० गोले हराउदै स्विजरल्याण्ड बिजयी

0

भदौ २३ ।
सन् २०२० मा आयोजना हुने युरो कप छनोटमा स्विजरल्याण्डले सहज जित निकालेको छ । गए राति भएको खेलमा स्विजरल्याण्डले गिब्राल्टारलाई ४–० गोल अन्तरले पराजित गरेको हो । स्विजरल्याण्डको जितमा डेनिस जाकारिया, अद्मिर मेहेडी, रिकार्डो रोड्रिगेज र मारियो गाभर्नो्भिकले एक एक गोल गरे । जितसँगै समूह ’डी’ को स्विजरल्याण्डले ४ खेलबाट ८ अंक जोडेको छ । स्विजरल्याण्ड तालिकाको तेस्रो स्थानमा रहेको छ । जित विहिन बनेको गिब्राल्टार पुछारमा रहेको छ । यसै समूहको अर्को खेलमा जर्जिया र डेनमार्कले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । बराबरीसँगै डेनमार्कले ५ खेलमा ९ अंक जोडेको छ । डेनमार्क दोस्रो स्थानमा छ । ४ अंक जोडेको जर्जिया चौंथो स्थानमा छ । यस समूहमा ११ अंक जोडेको आयरल्याण्ड शीर्ष स्थानमा छ ।

Share.

Leave A Reply