play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

चितवनमा बलेरोको ठक्करबाट एक बालकको मृत्यु

0

चितवन,भदौ,२३ ।
पूर्वी चितवनको कालिका नगरपालिका–९ शक्तिखोरमा बलेरोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खा जिल्ला घर भई हाल शक्तिखोरमा आमा बाबुसँग बस्दै आएका हासिल मियाँको छोरा हमिद रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ४ च २५५८ नम्बरको बलेरोले बालकलाई हिजो साँझ साँढे ७ बजे ठक्कर दिएको थियो । बलेरोको ठक्करबाट घाइते बालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति ८ बजेर ५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । बलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको र खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । उता, पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विरगञ्जको ब्रम्हचोकमा रहेको ओम होटल एन्ड पार्टी प्यालेसमा हिजो साँझ विद्युतको काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका वीरगञ्ज महानगरपािलका–२१ बस्ने ३२ वर्षीय अजय दासको मृत्यु वीरगञ्ज प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते दासको नेसनल मेकिल कलेजमा उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

Share.

Leave A Reply