play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

लागुऔषधसहित वीरगञ्जमा एक जना पक्राउ

0

वीरगञ्ज, भदौ, २२ ।
लागुऔषधसहित एकजना युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ बस्ने ३० वर्षीय युवक रमेश चौधरीलाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो कार्यालय वीरगञ्जबाट खटिएको प्रहरीले टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चौकबाट चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको हो । भारतको रक्सौलबाट वीरगञ्जतर्फ लु ४८ प ५२६७ नम्बरको मोटरसाईकल चलाएर आउँदै गरेको अवस्थामा चेकजाँचको क्रममा चौधरीको साथबाट प्रहरीले लागुऔषध ईन्जेक्सन नुर्फिन १७ पिस, डाईजोपाम १७ पिस, फेनारगन १७ पिस र खैरो हेरोईन २ पुरिया बरामद गरेको छ ।

Share.

Leave A Reply