आयो विष्णु माझी र हेमन्तको वनमारा

0

भदौ १९ ।
वन मार्यो वनमाराले, मन मार्यो मनमाराले…
बिहीबार साँझ युट्युबमा वनमारा बोलको लोक दोहोरी गीत सार्वजनिक भयो । यम थापा मगरको लय र शब्द रहेको सो गीतमा पुरुषको स्वर भने गायक हेमन्त शर्माको रहेको छ । पहिलो पटक दोहोरी गीतमा स्वर भरेका शर्मालाई गायिका विष्णु माझीको साथ मिलेको छ । आफ्नो सांगीतिक यात्रा पप गीतबाट सुरु गरेका शर्माले २०५७ साल यता भने आधुनिक शैलीको गीत मात्रै गाउँदै आएका थिए । यद्यपि विश्लेषकहरूले हेमन्तले गाउने गीतमा सधैं लोकपना हुने गरेकाले उनी लोक गायक भएको मत राख्ने गरेका छन् । उनी स्वयंले पनि आफूलाई लोकसँग सम्बन्धित कुरा बढी मन पर्ने बताउने गरेका छन् ।

वनमारा गीतका रचनाकार यम थापाले आफ्नो तर्फबाट गीतलाई सुन्दर तरिकाले प्रस्तुत गर्न खोजेको भन्दै बाँकी काम श्रोताहरूको रहेको बताएका छन् ।सार्थक डिजिटलको युट्युब च्यानलबाट अपलोड गरिएको उक्त गीतको म्युजिक भिडियोमा पुष्प खड्का र मरिस्का पोख्रेलको प्रमुख भूमिका रहेको छ । म्युजिक भिडियोको निर्देशन भने शिव वि.क.ले गरेका हुन् । अपलोड भएको आधा घण्टासम्म सो भिडियो एक हजारभन्दा बढीले हेरिसकेका छन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

Share.

Leave A Reply