play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

हुण्डाइको भेन्यु अब नेपालमा

0

 

भदौ ५, भरतपुर । हुण्डाइ ब्राण्डको नयाँ मोडल आज सार्वजनिक गरिएको छ । नेपालका लागि हुण्डाइको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिं ले हुण्डाइ भेन्यु सार्वजनिक गरेको हो । चितवनमा भने पिनाकल ट्रेडिङ कन्सर्न प्रा. लि. ले गाडी सार्वजनिक गरेको हो । एसयुभी सेगमेन्टमा रहेको यो गाडी १.२ लिटर पेट्रोल कप्पा डुवल भीटीभीटी, १.४ लिटर डिजल युटुसीआरडीआई र १.० टर्बाे पेट्रोल कप्पा भीटीभीटी इन्जिनमा उपलब्ध हुने बताइएको छ । भेरियेनट अनुसार भेन्युमा ७ स्पीडको अटोमेटिक र म्यानुअल ट्रान्समिसन रहेको छ । पाँच सिटे यो कारको इन्धन भण्डारण क्षमता भने ४५ लिटर रहेको छ । गाडीमा ८ इन्चको टच स्क्रिन डिस्प्ले, सनरुफ, क्रुज कन्ट्रोल, एडभान्स सुपरभिजन क्लष्टर लगायतका सुविधा रहेका छन् । नेपालमा विभिन्न ६ रंगमा उपलब्ध हुने यो कारको शुरुवाती बजार मूल्य रु ३४ लाख ९६ हजार कायम गरिएको छ ।

Share.

Leave A Reply