play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

वातावरण जोगाउन तीज गीत प्रतियोगिता

0

चितवन, भदौ ५ गते । वातावरणको क्षेत्रमा काम गर्दै आएको वे ग्रुप नेपाल चितवनको आयोजनामा तीज गीत प्रतियोगिता हुने भएको छ । हरितालिका तीज नजिकिँदै गर्दा उसले प्रतियोगितामार्फत वातावरण संरक्षण गर्नुपर्ने सन्देश दिन लागेको हो । कार्यक्रमका संयोजक दीपक गौतमका अनुसार प्रतियोगिता यही भदौ ७ गते भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयसँगै रहेको छहारी बसपार्कमा हुनेछ । प्रतियोगितामा निःशूल्क भाग लिन पाइने भएकाले ४३ वटा समूहले नाम दर्ता गराएको उहाँले बताउनुभयो । तिनीहरूबाट अन्तिम चरणका लागि उत्कृष्ट २० वटा समूह छनौट भइसकेका छन् । वातावरणको संरक्षण अत्यावश्यक भएकाले पनि गीतको विषय वातावरण सरसफाई र स्वास्थ्य नै राखिएको गौतमले बताउनुभयो । प्रतियोगितामा धेरै मानिस जम्मा हुने हुँदा वातावरण सम्बन्धी जनचेतना राम्रोसँग संप्रेषित हुने धारणा उहाँले राख्नुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई क्रमशः नगद रु २० हजार, १५ हजार, १० हजार र ५ हजार सहित पुरस्कृत गरिने बताइएको छ । उक्त प्रतियोगिताको प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल रहनुहुने जनाइएको छ ।

Share.

Leave A Reply