play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

सिंगापुरबाटै प्रधानमन्त्री ओलीले ‘क्याबिनेट’ चलाउने

0

काठमाण्डौं, भदौ ५ गते । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहँदा भिडियो कन्फरेन्सका माध्यमबाट मन्त्रिपरिषदको बैठकको अध्यक्षता गर्ने भएका छन्। प्रधानमन्त्री ओली भिडियो कन्फरेन्सका माध्यमबाट बैठकमा सहभागी हुने भएपछि सरकारले बुधबार मन्त्रिपरिषद बैठक सञ्चालन विधि समेत परिवर्तन गरेको छ। प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणलागि बिहीबार सिंगापुरतर्फ प्रस्थान गरेका छन्। जसले काठमाडौं बाहिर रहँदा पनि प्रधानमन्त्रीलाई बैठकको अध्यक्षता गर्ने बाटो खुलेको छ। नेपाल सरकारले मन्त्रिपरिषदको बैठकमा पहिलो पटक भिडियो कन्फरेन्सको प्रयोग गर्न लागेको हो।प्रधानमन्त्री ओली सिंगापुरका नेसनल युनिभसिटी अस्पतालमा थप स्वास्थ्य परीक्षण गराउने त्यसतर्फ प्रस्थान गरेका छन्। एक महिनाभित्रै दोस्रो पटक स्वास्थ्य परीक्षणका लागि सिंगापुरतर्फ गएका हुन्। प्रधानमन्त्री ओली साउन २७ गते १० दिन सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर फर्किएका थिए। यसपटक पनि कम्तीमा १० दिन सिंगापुरमा रहने बताइएको छ। प्रधानमन्त्री देश बाहिर रहँदा कार्यवहाक दिने चलन भएपनि महत्वपूर्ण निर्णय बाहेकका मन्त्रिपरिषद डाक्ने गरिँदैनथ्यो।

Share.

Leave A Reply