play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

पुडासैनी प्रकरणः न्युज २४ को टेलिफोनबाट अस्मितालाई पटक–पटक सम्पर्क

0

 

काठमाण्डौं, भदौ ५ गते । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिन गरिरहेको प्रहरीले रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीको कल डिटेल निकालेर विश्लेषण गरेको छ।

प्रकरणको केन्द्रमा रहेकी युवती अस्मिता कार्कीको मोबाइलमा ‘सिधा कुरा जनतासँग’को प्रसारण संस्था न्युज २४ को ल्याण्डलाइन नम्बरबाट पटक–पटक सम्पर्क भएको देखिएको छ।

‘सिधा कुरा जनतासँगको प्रसारण संस्था न्युज २४ को टेलिफोन नम्बरबाट रुक भनिने अस्मिता कार्कीसँग पटक–पटक सम्पर्क भएको देखिएको छ। शालिकरामले न्युज २४ छोडिसकेको अवस्थामा समेत यसरी सम्पर्क हुँदा बढीमा ५ मिनेटसम्म कुराकानी गरेको भेटिएको छ’, घटना अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने।

पत्रकार शालिकराम पुडासैनीले ‘सिधाकुरा जनतासँग’ छोडेर माउन्टेन टेलिभिजन गइसकेपछि पटक–पटक सम्पर्क देखिएको विषयलाई अनुसन्धान अधिकारीहरुले अर्थपूर्ण रुपमा लिएका छन्।

स्रोतहरुका अनुसार रवि लामिछानेको मोबाइलबाट सिधै अस्मितालाई सम्पर्क गरिएको छैन। रविले सामान्यतः आफ्नो मोबाइलबाट कसैसँग पनि कुराकानी गर्दैनन्। फोन समेत रिसिभ गर्दैनन्। उनले सहयोगीमार्फत् मात्र मान्छेहरुसँग टेलिफोन कुराकानी गर्छन्।

Share.

Leave A Reply