सुनको मूल्य फेरि बढ्यो

0

भदौ ४ ।
पछिल्लो एक महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३०० र चाँदीमा प्रतितोला रु ५ ले वृद्धि भएको छ । छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० पुगेको छ । हिजो छापावाला सुन प्रतितोला रु ७१ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ३०० ले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार पुगेको छ । हिजो तेजाबी सुन प्रतितोला रु ७० हजार ७०० मा कारोवार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज चाँदीको मूल्य रु पाँचले वृद्धि भएर प्रतितोला रु ८३० पुगेको महासङ्घले जनाएको छ । मङ्गलबार चाँदी प्रतितोला रु ८२५ मा खरीदबिक्री भएको थियो । भदौ लागेसँगै स्थिर भएको सुनको मूल्य आज वृद्धि भएको हो ।

Share.

Leave A Reply