play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलमा नेपाल र कीर्तिस्तान भिड्दै

0

भदौ २ ।
एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज बलियो टोली कीर्गिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । फाईनल पुग्ने लक्ष्य लिएको घरेलु टोली नेपालले प्रतियोगिताको पहिलो खेलमै कठिन प्रतिद्वन्दीको सामना गर्न लागेको हो । खेल ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ । खेल अपरान्ह ४ बजेपछि सुरु हुने आयोजक नेपाल भलिबल संघले जनाएको छ । घरेलु मैदान र समर्थकको साथ सहित नेपाली टिम प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ । कीर्तिस्तानलाई हराउँदै एक खेल अगावै प्रतियोगिताको सेमिफाईनल पुग्ने अवसर समेत नेपाललाई छ । समुह ए मा नेपाल, कीर्तिस्तान सहित माल्दिभ्स समेत रहेको छ । तर, प्रतियोगिता अघि दुई मैत्रीपूर्ण खेलमा जित निकालेको नेपाली टिमले कमजोरीमा उल्लेख्य सुधार गर्नुपर्नेछ । यस्तै उद्घाटन खेलअघि समूह ’बी’ मा रहेका तुर्कि्मिनिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

Share.

Leave A Reply