play_circle_outline On Air

बिबिसी बिहानी सेवा

play_circle_outline On Air

बिबिसी बिहानी सेवा

हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प

0

भदौ,२ ।
भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौँडा भरतपुर खण्डको काम ठप्प भएको छ । तोकिएको समयभन्दा आठ वर्ष ढिला भइसक्दा पनि काम नसकेको भन्दै आइकन टेली लिमिटेड भारतसँग प्राधिकरणले गएको वैशाखमा ठेक्का तोडेको हो । आइकन टेलीसँगको ठेक्का तोडे पनि प्राधिकरणले नयाँ ठेक्का भने आह्वान गरेको छैन । करीब चार महीनायता काम हुनसकेको छैन, अब नयाँ ठेक्काको प्रक्रिया भने शुरु भइसकेको जनाइएको छ । चाँडै नै प्रसारण लाइनको काम शुरु हुने आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवाल बताउनुभयोे । विश्व बैंकको ऋणमा निर्माण भइरहेको प्रसारण लाइनको काममा भइरहेको ढिलासुस्तीप्रति बैंकले नै असन्तुष्टि जनाएपछि ठेक्का रद्द गरिएको जैसवालले जानकारी दिनुभयो । हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ६४ प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

Share.

Leave A Reply