play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

पर्सामा भाइरल ज्वरोका बिरामी बढे

0

वीरगञ्‍ज , भदौ १ गते ।  पर्सा जिल्लामा शहरदेखि गाउसम्म भाइरल ज्वरोको प्रकोप अहिले ह्वातै बढेको छ।करिब २ सातादेखि बढेको गर्मीसँगै जिल्लामा गाउँ(गाउँसम्म भाइरल ज्वरोको प्रकोप बढेको हो।

अहिले जिल्लाका सरकारीदेखि निजी अस्पताल क्लिनिकहरुमा समेत भाइरल ज्वरोको बिरामीको संख्या बढेको चिकित्सकहरुले बताएका छन्।असार महिनाको अन्तिम साता र साउनको पहिलो सातासम्म पानी परेको र बाढीले मौसम चिसो भएको तथा त्यसपछि अचानक बढेको गर्मीका कारण अहिले भाइरल ज्वरोका बिरामीहरु बढेका छन्।

भाइरल ज्वरोको विरामीको सिकार कुनै एक उमेरको नभइ बच्चादेखि वृद्धसम्म सबै यो रोगको प्रकोपमा पर्ने गरेका छन्।भाइरल ज्वरोका बिरामीहरु अहिले पहिलोको तुलनामा दोब्बरले वृद्धि भएको नारायणी अस्पतालका फैमिली फिजिसियन डाक्टर उदय नारायण सिंहले बताए।

उनले अहिले मौसममा आएको तातोपनाका कारण बिशेष गरि भाइरल ज्वरोको बिरामीहरु बढेको जानकारी दिए।अहिले भाइरल ज्वरोको प्रकोप तिब्र रुपमा बढेको बताउँदै डाक्टर सिंहले यसलाई इपिडेमिक महामारी नै भन्‍न सकिने जिकरि गरे।

अहिले नारयणी अस्पतालमा ईमरजेन्सीदेखि लिएर ओपिडीमा पनि अधिकाँश भाइरल ज्वरोकै कारणले बिरामी भएकाहरु आउने गरेको सिंहले बताए।अहिले पर्सा जिल्लाका प्राय जसो परिवारका सदस्यहरुमा भाइरल ज्वरोको बिरामी हुने गरेको बताउदै डा सिंहले निजी क्लिनिकदेखि सरकारी अस्पतालहरुमा समेत भाइरल ज्वरोले सताएका बिरामीको संख्या उच्च रहेको बताए।

सिंहका अनुसार अहिलेको भाइरल ज्वरोका बिरामीहरुमा कडा खालको ज्वरो आउने,जिउ दुख्ने,खाना खान मन नलाग्ने,रुघाखोकी लाग्ने जस्ता लक्षणहरु बढी देखिने गरेका छन्।यसरी यस्ता लक्ष्णहरु भएका बिरामीहरुको रगत जाँच गर्दा बिरामीहरुको रगतमा प्लेटलेटसको मात्रा कमी भएको देखिने गरेको सिंहले जानकारी दिए।

Share.

Leave A Reply