play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

राजन्त्रका भूत बोकेर हिड्नेहरु डाइनोसर जस्तै लोप हुन्छ -मन्त्री बाँस्कोटा

0

भदौं, १ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजन्त्रको भूत बोकेर हिड्नेहरु डाइनोसर जस्तै लोप हुने चेतावनी दिएका छन् । बागलुङमा प्रकाशित हुँदै आएको ढोरपाटन राष्ट्रिय दैनिकको १६ औँ वर्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले राजतन्त्रको झोला बोकेर हिड्नेहरु केही समयमै लोप हुने चेतावनी दिएका हुन् । सञ्चारमन्त्री बांस्कोटाले नेकपाको लक्ष्य र विकास र प्रगति भएको भन्दै अब प्रमुख प्रतिपक्ष काँग्रेस पनि निर्माणमा जाने भएकाले अन्य पार्टीको कामै नभएको तर्क गरे । मन्त्री बांस्कोटाले वर्तमान सरकारको काम भनेको विकास गर्नुमात्र हो भन्दै उनले मुलुकलाई समृद्धि तर्फ लैजानबाट कसैले छेक्न नसक्ने बताए ।

Share.

Leave A Reply