play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

0

भदौ,१ ।
हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी तोलामा १० रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा झरेको छ । यसैबीच साउन महिनामा मात्रै सुनको भाउ तोलामा ७ हजार रुपैयाँ बढेको छ । महिनाको पहिलो दिन तोलाको ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता रेकर्ड बनाउँदै महिनाको अन्तिम दिन गएको शुक्रबार तोलाको ७१ हजार ५ सय रुपैयाँ पुगेको हो ।

Share.

Leave A Reply