play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

चितवनमा दिनदिनै प्रदर्शन हुनथालेपछि सुरक्षा व्यवस्था कडा,२ सय प्रहरी फिल्डका लागि तयारी अवस्थामा

0

चितवन,भदौ,१ ।
रवि लामिछानेका समर्थहरुले अनुसन्धानलाई प्रभावित हुने गरी दिनदिनै जिल्ला प्रहरी कार्यालय चितवन र अदालत अगाडि प्रदर्शन गर्न थाले पछि चितवनको सुरक्षा व्यवस्था कडा पारिएको चितवन प्रहरीले जनाएको छ । आज देखि चितवनको सुरक्षा व्यवस्था झन कडा पारिएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिनुभएको छ । उहाले २ सय प्रहरी फिल्डका लागि तयारी अवस्थामा रहेको र बाँकी सुरक्षा फोर्स पनि तयारी अवस्थामा राखेको बताउनुभएको छ । उहाले शान्तीपूर्ण धर्ना गर्न पाउने अधिकार रहेपनि जुलुस निकाल्ने र होहल्ला गर्नेलाई नछाड्ने चेतावनी दिनुभयो । शुक्रवार जिल्ला अदालत चितवनले रवि लामिछानेका साथै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो । रवि लामिछानेका समर्थकले तीनदिन देखि निरन्तर प्रर्दशन गरिरहेका छन् । साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको एक होटलको कोठमा पत्रकार शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए ।

Share.

Leave A Reply