play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

पुडासैनी आत्महत्या प्रकरणःकहाँ चुक्दै छ चितवन प्रहरी, किन लुकाएको थियो ‘सुसाईट भिडियो’ ?

0

साउन ३०, चितवनको नारायणगढस्थित गत साउन २० गते राती एक होटलमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको ‘सुसाईट भिडियो’ सार्वजनिक भएको छ ।भिडियोलाई लुकाउँदै आएको चितवन प्रहरीले बुधबार एक अनलाईन संचारमाध्यमले सो ‘सुसाइट भिडियो’ सार्वजनिक गरेको हो । भिडियोमा मृतक पुडासैनीले न्यू २४ टिभीमा ‘सिधाकुरा जनतासंग’का प्रस्तोता पत्रकार रवि लामिछानेसहित तीन जनाले आफूलाई आत्महत्या गर्न बाध्य पारेको उल्लेख गरेका छन् । यसअघि चितवन प्रहरीले फेला पारेको यस भिडियो बारे तत्कालै अनलाईन संचारमाध्यममा समाचार आएपछि चितवन प्रहरीले विज्ञप्ती नै जारी गरेर भिडियो फेला परेको समाचार भ्रामक भन्दै समाचारको खण्डन गरेको थियो । प्रहरीले भिडियोलाई गुपचुपमै राख्न खोजेको थियो । तर घटनाको अनुसन्धान बारे प्रहरीले तदारुकता नदेखाए पछि सो भिडियो परिवारले संचारमाध्यम मार्फत सार्वजनिक गरेको हो ।

भिडियो सार्वजनिक बारे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लसंग टेलिफोनमा बुझ्न खोज्दा आफू काम रहेको भन्दै यस बारे पछि बोल्ने भन्दै फोन काटेका थिए । तर यसै भिडियो बारे उनको भनाईलाई कोर्ट गर्दै काठमाडौंबाट संचालित संचारमाध्यमहरुले समाचार प्रकाशन गरिरहेका थिए ।

Share.

Leave A Reply