play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

नारायणगढको मेनरोडमा कपडा बैँक स्थापना

0

चितवन, साउन, २९ ।
नारायणगढको मेनरोडमा कपडा बैँकको स्थापना गरिएको छ । द आर्ट अफ लिभिङ्ग चितवनले कपडा बैँक स्थापना गरेको हो । यहाँ पुराना कपडा हुनेले निःशुल्क रुपमा लगेर कपडा बैँकलाई हस्तान्तरण गर्दछन् । यस्तै यस कपडा बैँकमा संकलन भएका कपडा अन्य विपन्न, असहाय र आवश्यक पर्ने जो कोही मानिसले लान सक्नेछन् । विषेश गरेर विपन्न, असाहय मानिसलाई सहयोग गर्ने उद्देश्यले कपडा बैँकको स्थापना गरिएको द आर्ट अफ लिभिङ्ग जिल्ला समन्वय समितिका सदस्य रमेश खनालले जानकारी दिनुभएको छ ।

यहाँ संकलन भएका कपडा स्वइच्छाले कसैले बैँकबाटै लान समेत सक्ने सदस्य खनाल बताउनुभयो । कतिपय विपन्न, असहाय मानिसले पैसाको अभावमा लगाउने कपडा किन्न समेत नसक्ने अवस्था रहेकोले उनीहरुलाई सहयोगका लागि अभियान उहाले बताउनुभयो । कपडा बैँकबाट एकजनाले २ देखि ३ वटा कपडा लान पाउनने सदस्य खनालले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply