play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

ट्रक ठोक्किएर भाचिएको पुलमा डाइभर्सन निर्माण गरी सञ्चालन

0

नवलपरासी,साउन,२९ ।

नवलपरासीको मध्यविन्दु नगरपालिका अन्तर्गत पर्ने अरुणखोला पुल भाँचिदा अवरुद्ध यातायात डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । भाँचिएको अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फबाट डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको हो । उत्तरतर्फ रहेको करमघारी गाउँतर्फ खोलामा रहेका खाल्डो पुरेर डाइभर्सन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जनानकारी दिनुभएको छ । पानी पर्दा खोलामा पानीको सतह बढने तथा डाइभर्सन बगाउँदा फेरि यातायात अवरुद्ध हुन सक्ने उहाँले बताउनुभयो । भाँचिएको पुल मर्मत गर्न भने केही दिन लाग्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । पुलको तल्लो सतहबाट नै मर्मत गर्नुपर्ने भएकाले पुलबाटै पूर्ण रुपमा यातायात सुचारु गर्नका लागि केही दिन लाग्न सक्ने उहाँले बताउनुभयो । साना सवारी भने पुलबाट नै आवतजावत गरिरहेका छन् । आज बिहान ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुल भाँचिएर यातायात अवरुद्ध बनेको थियो । अहिले रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

Share.

Leave A Reply