play_circle_outline On Air

र्यापिड फाएर

play_circle_outline On Air

र्यापिड फाएर

सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्योे

0

साउन,२९ ।
सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ७० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको थियो । अमेरिकाले चिनियाँ सामानमा आउँदो महिनादेखि बढाउने भनेको कर कार्यान्वयनमा ढिलाइ गर्ने भएपछि अन्तर्रा्ष्ट्रिय बजारमा आज सुनको भाउ केही घटेको महासंघले जनाएको छ । यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । यसैबीच नेपाल सुनचाँदी व्यवसायी महासंघले तत्काल पुराना गहना नबेच्न सबैसँग अनुरोध गरेको छ । भाउ बढेपछि व्यापार नै हुन छाडेको भन्दै पुराना सामान बेच्न नल्याउन महासंघले अनुरोध गरेको हो । महासंघका अनुसार भाउ बढेपछि बजारमा सुन किन्नेको भन्दा पनि बेच्नेको संख्या बढेको छ ।

Share.

Leave A Reply