play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले आज अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै

0

साउन, २९ ।
नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले आज अफगानिस्तानसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र अफगानिस्तानबीचको खेल लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ । खेल नेपाली समय अनुसार ३ बजे सुरु हुनेछ । घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र अफगानिस्तानबीचको दोस्रो मैत्रीपूर्ण खेल भोली हुनेछ । एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कि्मिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Share.

Leave A Reply