play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

स्कटिस च्याम्पियन सेल्टिक च्याम्पियन्स लिग फुटबलबाट बाहिरियो

0

साउन, २९ ।
स्कटल्याण्डको लिग च्याम्पियन सेल्टिक च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । च्याम्पियन्स लिग छनोट अन्तर्गत गए राति भएको दोस्रो लेगमा रोमानियाको सीएफआर क्लुजसँग ४–३ गोल अन्तरले पराजित हुँदै सेल्टिक प्रतियोगिताबाट बाहिरिएको हो । सीएफआर क्लुज भने समग्रमा ५–४ को जित निकाल्दै च्याम्पियन्स लिगमा छनोट भएको छ । दुई टोलीबीचको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । दोस्रो लेगमा सीएफआर क्लुजलाई जित दिलाउन बिलेल ओम्रानीले दुई गोल गरे । यस्तै सिप्रियन लोन र जर्जले एक एक गोल गरे । सेल्टिकका जेम्स फोरेस्ट,ओड्सन एडवार्ड र रायन क्रिस्टीले एक एक गोल फर्काए ।

Share.

Leave A Reply