play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

रुसमा रकेट इन्जिन बिस्फोट,पाँच जना इन्जिनियरको मृत्यु

0

साउन, २९ ।
रुसमा रकेट इन्जिन विस्फोटमा पाँच जना रुसी न्युक्लियर इन्जिनियरको मृत्यु भएको छ । विस्फोटमा तीनजना इन्जिनियर घाइते भएका छन् । रुसको न्युक्लियर मिसाइलहरु बनाउने स्थानमा विस्फोट भएको हो । राजधानी मस्कोबाट ३ सय ७३ किलोमिटर टाढा रहेको सारोभ शहरमा भएको विस्फोटपछि रुसीको न्युक्लियर एजेन्सी रोसाटोमले इन्जिनियरहरुले ‘न्युक्लियर पावर इन्जिन’ परीक्षणका क्रममा विस्फोट भएको बताएका छन् । आर्क्टिक समुद्री किनारमा न्युक्लियर पावर इन्जिन परीक्षण भइरहेको थियो । यसअघि उक्त स्थानमा रुसले शक्तिशाली न्युक्लियर क्रुज मिसाइल परीक्षण गरेको थियो । तर, अधिकारीहरुले विस्फोटमा भने कुन किसिमको प्रणाली राखिएको थियो भन्ने नखुलेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

Share.

Leave A Reply