play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

सुनसरीमा श्रीमानले गरे श्रीमतीको घाँटी थिचेर हत्या

0

साउन २९ ।
सुनसरीको बर्जु गाउँपालिका–५ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन । स्थानिय प्रदीपकुमार यादवले आफ्नै श्रीमतीको हत्या गरेका हुन । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवता एवंम प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए । हिजो घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको स्थानीयवासीलाइ उदृत गर्दै प्रहरीले जनाएको छ । घाँटी थिचेर घाइते श्रीमतीलाई उपचारका लागि विराटनगर लगेकामा उपचारकै क्रममा गए राति आनन्दीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक फुँयालले जानकारी दिए । हत्यामा संलग्न प्रदीप फरार रहेका छन । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Share.

Leave A Reply