play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

अन्ततः सन्दीपले पाए अमेरिकाको भिसा

0

साउन, २८ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले अमेरिकाको भिसा प्राप्त गरेका छन् । अमेरिकी दूतावासले आज बिहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपले भिसा नपाएपछि दूतावासको निकै आलोचना भएको थियो । तर, दूतावास सन्दीपलाई दिउँसो पुन ः बोलाएर भिसा दिएको हो । दूतावासले भिसा प्रक्रियाका लागि दोस्रो पटक बोलाएर सन्दीपलाई दूतावासले भिसा दिएको नेपाली राष्ट्रिय क्रिकेट टिमका टिम म्यानेजर रमन शिवाकोटीले जानकारी गराए । यस्तै भिसा पाएपछि सन्दीपले सहजीकरणको लागि दूतावासलाई धन्यवाद दिएका छन् । वेष्ट इण्डिजमा हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न जानका लागि सन्दीपले आज बिहान दूतावासमा भिसाको निवेदन दिएका थिए । तर, अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म संचालन हुनेछ । यस सिजनको केहि खेल अमेरिकामा हुनेछ ।

Share.

Leave A Reply