play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

सांसद यादवलाई राजीनामा फिर्ता लिन समाजवादी पार्टीको आग्रह

0

साउन २८ ।
प्रतिनिधिसभा सदस्य डा.सूर्यनारायण यादवले पदबाट दिएको राजीनामा फिर्ता लिन समाजवादी पार्टी नेपालले आग्रह गरेको छ । सप्तरी क्षेत्र नम्बर १ बाट तत्कालीन संघीय समाजवादी पार्टीको उम्मेदवार भई निर्वाचत भएका यादवले सभामुख कृष्णबहादुर महरा समक्ष राजीनामाको निवेदन दिएका थिए । सांसद यादवको राजीनामा सभामुखसमक्ष आएको तर स्वीकृत भई नसकेको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए । यादवको राजीनामाका बारेमा सभामुख महराले समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियासँग समेत छलफल गरेका छन् । समाजवादी पार्टीका प्रमुख सचेतक अरगरियाले राजीनामा फिर्ता लिनका लागि डा.यादवलाई आग्रह गरिएको बताएका छन् । उनले राजीनामा स्वीकृतिका लागि पार्टीले सभामुखलाई पत्र नपठाएकाले अझै पनि राजीनामा फिर्ता हुने सम्भावना रहेको बताए । मृगौला र मधुमेहसम्बन्धी रोगबाट पीडित सांसद यादव बेला बेलामा बेहोस हुने गरेकाले स्वास्थ्यका कारण राजीनामा दिए पनि पार्टीले फिर्ता नलिन आग्रह गरिरहेको अरगरियाले बताए ।

Share.

Leave A Reply