play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

प्रचण्ड पुत्र प्रकाशको नाममा अरबौँ रुपैयाँ रहेको प्रमाणित गर्न सचिवालयको चुनौती

0

साउन,२८ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को निजी सचिवालयले उहाँका छोरा प्रकाशका नाममा अरबौँ रुपैँया रहेको भन्ने खबर पुष्टि गर्न चुनौती दिनुभएको छ । उहाँको निजी सचिवालयले आज विज्ञप्ति निकालेर छोरा प्रकाशको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न उहाँ केही दिनअघि दुबई गएको भन्ने कुराको भत्र्सना गर्दै खबर पुष्टि गर्न चुनौती दिएको हो । ‘प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न पनि चुनौती दिइएको विज्ञप्तिमा भनिएको छ ।’ जनक्रान्तिका उपलब्धीविरुद्ध प्रतिगामी तत्वबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुष्प्रयास भैरहेको र अध्यक्ष प्रचण्डको बदनाम गर्न प्रकाशको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने हल्ला फैलाइएको विज्ञप्तिमा भनिएको छ । यस्तै छोरा प्रकाशको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको झुटा प्रचार गर्नेलाई कारबाही गर्न सरकारसँग माग पनि गरिएको छ ।

Share.

Leave A Reply