play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

सन्दीपलाई अमेरिकाले भिसा दिन अस्विकार

0

साउन, २८ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्विकार गरेको छ । वेष्ट इण्डिजमा हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न जानका लागि सन्दीपले अमेरिकाको भिसा नपाएका हुन् । सन्दीपले आज काठमाडौं स्थित अमेरिकी दूतावासमा। भिसाको निवेदन दिएका थिए । तर, अमेरिकाले सन्दीपलाई भिसा दिन अस्विकार गरेको छ । सन्दीपले सामाजिक संजाल ट्वीटरमा आफुले सन् २०१६ देखि थुप्रै विदेशी लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै अमेरिकाले भिसा नदिएकोमा आफु चकित भएको बताएका छन् । अमेरिकी दूतावासले भिसा नदिएपछि सन्दीपले आफूलाई सीपीएल खेल्न जान गाह्रो भएको समेत बताएका छन् । सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म संचालन हुनेछ । यस सिजनको केहि खेल अमेरिकामा हुनेछ ।

Share.

Leave A Reply