play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि ६ जनाको नाम चयन

0

साउन,२८ ।
भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रारम्भिक रुपमा ६ जनाको नाम चयन गरिएको छ । प्रारम्भिक चयनमा परेकाहरुमा वर्तमान प्रशिक्षक रवि शास्त्रीको नाम पनि सामेल छ । त्यस बाहेक न्यूजिल्याण्डका पूर्व प्रशिक्षक माइक हसन, अस्ट्रेलियाका पूर्व खेलाडी तथा श्रीलंकाका प्रशिक्ष टम मूडी, वेस्ट इण्डिजका पूर्व खेलाडी तथा अफगानिस्तानका प्रशिक्षक फिल सिमन्स, भारतीय टिमका पूर्व म्यानेजर लाचन्द राजपूत र भारतकै पूर्व फिल्डिङ प्रशिक्षक रविन सिंंह छन् । आवेदन दिएकाहरुबाट कपिल देव नेतृत्वको समितिले ६ जनाको प्रारम्भिक नाम चयन गरेको हो । उनीहरुलाई अन्तरवार्ताका लागि बोलाउने र त्यसैबाट प्रशिक्षक छनोट गर्ने बुझिएको छ ।

Share.

Leave A Reply