play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

नेपालमा पहिलो पटक विश्व हात्ती दिवस मनाईयो,,,

0

२०७६, २७ श्रावण सोमबार

चितवन : नेपालमा नै पहिलो पटक विश्व हात्ती दिवस चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा मनाईएको छ । हात्ती र पर्यटन मैत्री सौराहाको पहिचानलाई स्थापन गर्न हात्ती मेरो साथी, हात्ती विनाको सौराहा असम्भव भन्ने नारासहित यहाँ यो दिवस मनाईएको हो ।
निजी क्षेत्रबाट हात्तीको संरक्षण गर्दै युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाको अगुवामा हात्तीकै कारण पर्यापर्यटनमा अब्बल मृगकुञ्ज उपभोक्ता समिति, बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वनको संयुक्त पहलमा नेपालमा नै पहिलो पटक पर्यटकीय नगरी सौराहामा यो दिवस मनाईएको हो ।रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र युनाईटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषि तिवारीसहितका संरक्षणकर्मीहरु हात्ती खुवाईने विशेष प्रकारको कुची दिएर हात्ती दिवसमा हात्तीकै पिकनिकको शुभारम्भ गरेका थिए ।
बाघमारा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित कार्यक्रममा हात्तीका लागि फलफुल, वन्दा, धान, सखर लगायतका भोजनको व्यवस्था गरिएको थियो । हात्तीहरु पिकनिकमा हात्ती रमाएको हेर्न आन्तरीक तथा वाह्य पर्यटकहरु पनि रमाईलो मानेर हात्तीसगैँ रमाएका थिए ।
युनाईटेड हात्ती संचालन सहकारी संस्थामा आवद्ध रहेका हात्तीहरुलाई पिकनिकमा समावेश गरिएको थियो । सहकारीमा ५७ वटा हात्ती आवद्ध छन् भन ५ वटा हात्ती आवद्ध छैनन् । सो अवसरमा बोल्दै रत्ननगर नगरपालिकाका मेयर नारायण वनले हात्तीमैत्री नगर वनाउन नगरपालिका प्रतिवद्ध रहेको वताए ।
मेयर वनले हात्तीको प्रयोग सही ढंगले गर्नु पर्ने औल्याउँदै माउतेको भुमिका यसमा महत्वपूर्ण हुने वताए । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत डाक्टर बाबुराम लामिछानेले हात्तीका लागि आवश्यक वासस्थानको विस्तार र संरक्षण गर्न नसके छोटो समयमै जंगली हात्ती लोप हुन सक्ने औल्याए ।
यस्तै हात्ती सहकारीका अध्यक्ष ऋषि तिवारीले हात्तीको दिगो संरक्षणका लागि सरकारी स्तरबाट भेटेरेनरी डाक्टर, निकुञ्जबाट घाँसको उपलब्धता र बीमाको व्यवस्था यथासक्य छिटो गर्न हामी जोडदार माग गरेका छन् ।
साथै उनले गैडा र बाघ संरक्षणका कार्यक्रम जस्तै अबका दिनमा हात्ती संरक्षणको कार्यक्रम ल्याउन जरुरी रहेको बताए ।
भने बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष एवंम् कार्यक्रम संयोजक जीत वहादुर तामाङले हात्तीकै कारण सौराहाको पर्यापर्यटन विकास भएको भन्दै हात्ती विना सौराहाको परिकलपना गर्न नसकिने बताए ।

Share.

Leave A Reply