play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

नेपाली बलर सोमपाल आबद्ध हक्सलाई ग्लोबल टि २० लिग क्रिकेटको उपाधि

0

साउन, २७ ।
क्यानाडामा सम्पन्न ग्लोबल टि–ट्वेन्टी क्रिकेट लिगको उपाधि नेपाली बलर सोमपाल कामी सम्मिलित टिम विनिपेग हक्सले जितेको छ । गएराती भएको फाईनल खेलमा भ्यानकुभर नाईट्सलाई सुपर ओभरमा पराजित गर्दै हक्सले उपाधि जितेको हो । तर फाईनल खेलमा पनि नेपाली तिब्र गतिका बलर सोमपालले खेल्ने मौका भने पाएनन् । खेलमा १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९२ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा हक्सले च्याम्पियन बन्न १० रनको मध्यम लक्ष्य पाएको थियो । उक्त लक्ष्य ४ बलमा पुरा गर्नेक्रममा हक्सका क्रिश लिनले लगातार दुई चौका हान्दै टोलीलाई च्याम्पियन बनाएका हुन् ।

Share.

Leave A Reply