वेष्ट इण्डिजविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारत ५९ रनले बिजयी

0

साउन, २७ ।
घरेलु टोली वेष्ट इण्डिजविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारतले जित निकालेको छ । गए राति भएको खेलमा भारतले वेष्ट इण्डिजलाई डिएल पद्दतिको आधारमा ५९ रनले पराजित गरेको हो । वर्षाले प्रभावित गरेपछि ४६ ओभरमा झारिएको खेलमा वेष्ट इण्डिजले जितका लागि २७० रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिज ४२ ओभरमा अलआउट हुँदै २१० रनमा समेटियो ।वेष्ट इण्डिजका इभान लेविसले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै निकोलस पुरनले ४२ रन जोड्दा रास्टोन र हिटमायरले समान १८÷१८ रन जोडे । वेष्ट इण्डिजका लागि कीर्तिमानी ३ सय एकदिवसीय खेलेका क्रिस गेल ११ रनमा आउट भए । वेष्ट इण्डिजलाई सस्तैमा समेट्न भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए । यस्तै मोहमद शामी र कुलदिप यादवले २÷२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २७९ रन बनाएको थियो । यो जितसँगै भारतले ३ खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ ।

Share.

Leave A Reply