play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

सुपुर्दगी विधेयक खारेजीको माग गर्दै हङकङमा प्रदर्शन जारी

0

साउन, २७ ।
विवादास्पद सुपुर्दगी विधेयक खारेजीको माग गर्दै बिगत १० सातादेखि हङकङमा प्रदर्शन जारी छ । शुरुमा सुपुर्दगी बिधेयक खारेजीको माग गरिएपनि अहिले प्रदर्शनकारीहरुले लोकतन्त्रको माग गर्न थालेका छन् । हङकङमा जारी आन्दोलनका कारण त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ । हङकङको मुख्य शहरमा सवारी आवागमन रोक लगाइएको छ भने ब्यापार ब्यबसाय समेत ठप्प पारिएको छ । प्रर्दशनकै क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप भएको छ । प्रदर्शनका क्रममा भएको झडपमा कयौं आन्दोलनकारी र सुरक्षाकर्मी घाइते भएको अन्तराष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । प्रहरीले भीड नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरेपछि दोहोरो झडप शुरु भएको हो । व्यस्त बजार र रेलवे स्टेशनमा भएको प्रदर्शनका क्रममा हानिएको अश्रु ग्यासले सर्वसाधारण प्रभावित भएका हुँदै आएका छन् । यसैबीच हङकङ बिबादबारे अमेरिका र चीनबीच वाकयुद्ध शुरु भएको छ ।

Share.

Leave A Reply