play_circle_outline On Air

फन फन्नी

play_circle_outline On Air

फन फन्नी

भारतका चार राज्यमा बाढीका कारण १४२ जनाको मृत्यु

0

साउन, २६ ।
लगातारको वर्षाका कारण भारतका विभिन्न स्थानमा बाढी आउँदा जनजीवन प्रभावित भएको छ । बाढीका कारण चार राज्य प्रभावित भएका छन, त्यहाँ ज्यान गुमाउनेको संख्या १४२ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाढी प्रभावित गुजरातमा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । बाढीका कारण सबैभन्दा प्रभावित राज्य हो केरल, त्यहाँ ज्यान गुमाउनेको संख्या ५७ पुगेको जनाइएको छ । कर्नाटक तथा महाराष्ट्रमा पनि ठूलो वर्षाका कारण बाढी आएको छ । बाढीका कारण जनजीवन अस्तव्यस्त भएको छ । चार राज्यमा गरेर ज्यानगुमाउनेको संख्या १४२ नाघेको जनाइएको छ ।

Share.

Leave A Reply