play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

इङगलिश प्रिमियर लिगमा उपाधि दाबेदार युनाईटेड र चेल्सी भिड्दै

0

साउन, २६ ।
इङगलिश प्रिमियर लिग फुटबलमा आज उपाधि दाबेदार दुई क्लब म्यानचेस्टर युनाईटेड र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ । ओल्ड ट्राफोर्डमा हुने युनाईटेड र चेल्सीबीचको खेल नेपाली समय अनुसार राति सवाँ ९ बजे हुनेछ र, दुवै टोली सिजनको पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । नर्वे्जियन प्रशिक्षक ओले गुनार सोल्सायरले चेल्सीविरुद्ध यसै सिजन अनुबन्ध गरेको मुख्य २ खेलाडी ह्यारी मागुएर र वान बिसाकालाई मैदान उतार्ने छ । त्यसबाहेक पाउल पोग्बा, एन्थोनी मार्सियल, जेसे लिंगार्ड, मार्कुस राष्फोर्ड र फ्रेड लगायतका खेलाडीलाई सोल्सायरले मैदान उतार्ने छ । यता, चेल्सी यो सिजन खेलाडी अनुबन्धको प्रतिबन्धको मारमा पर्यो । यस्तै मुख्य खेलाडी इडेन हाजार्ड रियल मड्रिड गएपछि चेल्सी थप समस्यामा परेको छ । तर, प्रशिक्षक फ्रान्क लाम्पार्डले नयाँ सिजनका लागि लोनमा गएका मुख्य तीन खेलाडी फर्काएको छ । जसलाई प्रयोग गर्दै चेल्सीले युनाईटेडविरुद्ध टिम बनाउने छ ।

यस्तै चेल्सीले पेड्रो, कान्टे, इब्राहिम लगायतका खेलाडी मैदान उतार्ने छ । लिग अन्तर्गत नै आज आर्सनलले उसैको मैदानमा न्युकासल युनाईटेडको सामना गर्नेछ । आर्सनल र न्युकासलबीचको खेल पौने ७ बजे सुरु हुनेछ । त्यस्तै अर्को खेलमा वुल्भ्स र लेष्टर सिटीबीच पनि प्रतिस्पर्धा हुनेछ ।

Share.

Leave A Reply