play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

ग्लोबल टी–ट्वान्टी क्रिकेटमा वुल्भलाई ७ विकेटले पराजित गर्दै होक्स फाईनलमा

0

साउन, २६ ।
क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी खेलमा नेपालका सोमपाल कामी रहेको टिम वेनिपेग होक्स फाईनल प्रवेश गरेको छ । दोस्रो क्वालिफायर खेलमा ब्रामटन वुल्भलाई ७ विकेटले पराजित गर्दै होक्सले उपाधि भिडन्त पक्का गरेका हो । होक्सले अब उपाधिका लागि भ्यानकुभर नाईट्ससंग प्रतिस्पर्धा गर्नेछ । निकै रोमाञ्चक खेलमा अन्तिम बलमा एक रन लिदै होक्सले जित निकाल्न सफल भएको हो । २ सय रनको लक्ष्य पछ्याएको होक्सले ७ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । ओपनर साईमन अनवरले सर्वा्धिक ५२ रन बनाए । जेपी डुमिनीले अविजित ५० रनको योगदान दिए । ड्यानी स्मिथले समेत नटआउट १७ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको ब्रामटन वुल्भले निर्धा्रित ओभरमा ७ विकेट गुमाएर २ सय रन बनाएको थियो । डारेन सामीले बनाएको ३३ रन टोलीको सर्वा्धिक स्कोर रह्यो । बाबर हायात र सहिद अफ्रिदीले समान ३२ रनको योगदान दिए । होक्सका रायद ईम्रिटले सर्वा्धिक ३ विकेट लिए ।

Share.

Leave A Reply