play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

चीनमा समुद्री आंधीका कारण मृत्यु हुनेको संख्या २० पुग्यो

0

साउन, २६ ।
चीनको वेन्लिङ क्षेत्रमा आएको समुद्री आंधीका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । सांघाई र ताइवानबीचको वेन्लिङमा आँधीपछि पहिरो आएको अधिकारीहरुले जनाएका छन् । लेखिमा नाम दिइएको आँधीका कारण १० लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ । विद्युत आपूर्ति बन्द हुँदा ३० लाख मानिस प्रभावित भएको सिन्ह्वाले जनाएको छ । आँधीका कारण हजारौं उडान रद्ध भएका छन् भने रेल सेवा बन्द गरिएको छ । लेखिमा बिस्तारै उत्तरी झेजियाङ प्रान्ततर्फ अगाडि बढेको सांघाईमा समेत असर र्पुयाउने अनुमान गरिएको छ । अत्याधिक जनघनत्व भएको सांघाइतर्फ लेखिम बढ्दै गएकाले थप क्षति हुन नदिनका लागि सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको अन्तरर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Share.

Leave A Reply