play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

मलेरियाबाट सुरक्षीत राख्न चितवनका गर्भवती महिलालाई झुल विरतण

0

चितवन, साउन,२४ ।
स्वास्थ्य कार्यालय चितवनले गर्भमा रहेको बच्चा र आमालाई मलेरियाबाट सुरक्षीत राख्नका लागि झुल वितरण कार्यलाई निरन्तरता दिएको छ । सन् २०२५ सम्ममा मलेरिया उन्मुलन जिल्ला घोषणा गर्ने गरि नेपाल सरकारले झुल वितरण गरेको हो । गत आर्थिक बर्षमा स्वास्थ्य कार्यालयले ४ हजार २ सय ७५ वटा झुल विरतण गरेको स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए । सरकारी स्वास्थ्य संस्थामा गर्भ परिक्षण भएर गर्भको निश्चित भएपछि स्वास्थ्य कार्यालयले झुल दिने गरेको छ । नागरिकता, महिला स्वास्थ्य स्वयमसेविकाको सिफारीस भएपछि गर्भवति महिलाले झुल प्राप्त गर्ने किट नियन्त्रक केसीले जानकारी दिए । कार्यालयले सन् २०१२ देखि झुल विरतण गरिरहेको छ । आर्थिक बर्ष २०७४÷०७५मा ४ हजार ५ सय ९१ वटा झुल विरतण गरेको थियो । वितरण गर्ने संस्थामा ७ वटा नगर स्वास्थ्य केन्द्र, १ वटा सहरी स्वास्थ्य केन्द्र, २५ वटा स्वास्थ्य प्रवद्र्धन केन्द्र रहेका छन् । यी संस्थामा गर्भ परिक्षण गर्न आउँदा नै गर्भवती महिलाले झुल प्राप्त गर्ने केसीले जानकारी दिए । नेपाल सरकारले २०२५ सम्ममा मलेरिया उन्नमुलन नेपाल बनाउने लक्ष्य लिएको छ ।

Share.

Leave A Reply