play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

मिष्टर चितवन एसइइ डिपलव नेपाली फिल्ममा डेव्यु गदै

0

साउन २३, म्यान अफ द इयर नेपालको उपाधि संगै चितवनका डिपलव विश्वकर्मा अव नेपाली फिल्ममा अभिनय गर्ने भएका छन । उनले अभिनय गर्ने चलचित्र यहि बर्षको अनत्य तिर प्रर्दशनमा आउने भएको निर्माण पक्षले जनाएको छ । तर उनलृ अभिनय गर्ने चलचित्रको बिषयमा भने निर्माण पक्षले सवै कुरालाइ अहिले लुकाएको छ ।
डिपलव यस अघि मिष्टर चितवन एसइइ २०१९ को उपाधि विजेता समेत हुन । उनले यहि सेप्टेम्वरमा म्यानमारको योनगज सिटिमा हुन गइरहेको म्यान अफ द इयरमा समेत सहभागिता जनाउदैछन ।
गैडाकोटको साइनिङ्ग सेकेण्डरी स्कुलमा उनले यहि बर्ष कक्षा ११ को पढाइ सुरु गरेका छन । सानै देखि नेपाली फिल्मको क्षेत्रमा प्रवेश गर्ने इच्छा राखेका डिपलवको सपना यत्ति छिटो पुरा होला भन्ने उनले सोचेका थिएनन । डिपलव फिल्म भन्दा अघि एउटा म्युजिक भिडियोमा अनुबन्धित भइसकेका छन ।


उनले केहि वेभ सिरिजमा समेत काम गर्ने संकेत देखाएका छन । अहिलृ उनि चितवनमा आफ्नो आगामी प्रोजेक्टको तयारी र म्यान अफ द इयरको तयारीमा लागि परेका छन । डिपलवले आफ्नो फिल्मको बिषयमा खासै केहि बौलन चाहेनन । उनि चाडैनै नेपाली फिल्मी पर्दामा देखा पर्ने समेत बातए । उनले आफु निकैनै राम्रो टिमसंग काम गर्न लागि रहेको र यो कुराले आफु निकै खुशि भएको बताए ।
फिल्म बिशुद्ध पारिवारिक कथा वस्तु रहेको उनले जानकारी दिए । उसोत अहिले सम्म अफिसियल कुनै जानकारी तथा प्रेस मिट आयोजना नगरिएकोले उनले अरु कुरा खुलाउन चाहेनन ।

Share.

Leave A Reply