play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

पेट्रोल र डिजेलको बढ्यो, ग्यासको भाउ घट्यो

0

साउन २२ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार पेट्रोलमा प्रतिलिटर एक र डिजेलरमट्टितेलमा ५० पैसा मूल्य बढेको छ । एलपी ग्यासको भने प्रतिसिलिण्डर २५ रुपैयाँ घटेको छ । नयाँ मूल्यअनुसार मा पेट्रोल १०९ रुपैयाँ प्रतिलिटर र डिजेल र मट्टितेल ९७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्य (काठमाण्डौको हकमा) एक हजार ३७५ रुपैयाँ प्रतिसिलिण्डर कायम गरिएको छ । हवाई इन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमले आर्थिक वर्ष २०७५÷७६ मा एलपी ग्यासमा करीब छ अर्ब रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । मूल्य समायोजन गरेपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलकोे तुलनामा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमशः १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

Share.

Leave A Reply