play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

गीतानगरका घिमिरेको ‘सल्लेरीको बन’ सार्वजनीक

0

साउन २१ ।

गीतानगरका शीर्षक घिमिरेको गीत सार्वजनीक भएको छ । चितवनकको गीतानगरमा घर भई अमेरिकामा बसोबास गर्ने घिमिरेको शब्द रहेको ‘सल्लेरीको बन’ गीत युटुभ मार्फत सार्वजनीक गरिएको हो । उक्त गीतले अहिले सामाजिक सञ्जालमा चर्चा बटुल्दै गएको छ । गीतमा पुष्पल खड्का र वर्षा राउतको अभिनय रहेको छ । घिमिरेका शब्दमा दीपक शर्माको संगीत रहेको गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन । जसमा कोरियोग्राफी सुबल थापाको रहेको छ । गीतको शब्दमा प्रेमी प्रेमिकाले मायाको कारण घरबार र सबथोक बिर्सिने विषयलाई देखाइएको छ । वर्षा र पुष्पलको रिल लाइफको यो कथालाई निर्देशक निकेश खड्काले शानदान तरिकाले भिडियोमा देखाउन सफल छन् । गीतमा मेलीना राई र डेभिड शंकरले स्वर दिएका छन् ।

 

 “सल्लेरीको बन”  हेर्न यहाँ जानुहोस्

Share.

Leave A Reply