play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

बजारमा सुन बिक्नै छाड्यो

0

साउन,२१ ।

नेपाली नारीहरुको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ। आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ। जसका कारण व्यवसायीहरु मारमा परेका छन् ।

पछिल्लो केही दिनयता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ। सोमबार छापावाल सुन प्रतितोला ६७ हजार ८ सय र तेजावी सुन ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो। सोमबार चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ।

अमेरिका र चीनबीचको पछिल्लो समय चलिरहेको व्यापारिक तनावका कारण सुनचाँदीको मूल्यमा वृद्धि भएको सुनचाँदी व्यवसायीहरु बताउँछन्। पछिल्लो समय अमेरिका र चीन तथा इरान र अमेरिकालगायत भारतमा पनि तनाव छाइरहेकाले सुनचाँदीको भाउ महङ्गिएको सुन व्यवसायीहरुको भनाइ छ।विशेषगरी नेपालीमा साउनमा बढी सुनचाँदी बिक्री हुन्छ। भदौमा तिज मनाउने समयमा गरगहना बढी खरिद–बिक्री हुने व्यवसायीहरुको अनुभव छ।
सुनचाँदी व्यवसायी शाक्यका अनुसार बजारमा सुनको माग एकदमै न्यून छ।अब केही समयसम्म सुनको भाउ सामान्य अवस्थामा नआउने उनले बताए। सुन व्यवसायी र उपभोक्ताहरुको हितका लागि सरकारले यसलाई केही हदसम्म सामान्य गर्न सक्ने उनको भनाई छ। नेपाल समाचारपत्रमा खबर छ।

Share.

Leave A Reply