play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

सुनको मूल्य एकैदिनमा १५ सयले बढेर नयाँ रेकर्ड

0

साउन २० ।
नेपाली बजारमा सुनको मूल्यले रेकर्ड राख्ने क्रम जारी छ । आज पनि सुन ईतिहासकै उच्च मूल्यमा कारोबार हुँदैछ । नेपाल सुन चाँदी व्यवसायी संघले आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ६७ हजार ८ सय रुपैयाँ कायम गरेको छ । हिजो पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेर ६६ हजार ३ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबारका लागि लागि तोकिएको सुनको मूल्य नेपाली सुन बजारको सबै भन्दा उच्च बिन्दु हो । गत शुक्रबार पनि सुनको भाउ ६५ हजार ८ सय पुगेको थियो । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउमा आएको बढोत्तरीको असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

Share.

Leave A Reply