play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

तीजका बेला चितवनका गायक प्रदिपको ‘चरी’

0

साउन १० गते

नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तीज सम्बन्धी विभिन्न गीतहरु सार्वजनिक हुने क्रम गर्माएको छ । विगतका वर्षहरुमा झै यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरु धमाधम बजारमा ल्याउन गायक तथा गायिकाहरु यतिबेला अति नै व्यस्त छन् । 

तीजकै अवसर पारेर चितवनका गायक प्रदिप त्रिपाठीले ‘चरी’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । भरतपुर १३ राईनोकुञ्ज घर भएका गायक प्रदिप त्रिपाठीको गीतमा तिज पर्वको मौलिकता झल्काउन खोजीएको छ । बाबु आमा नहुदा चेलीको मनमा खेलेका कुराहरु गीत मार्फत प्रस्तुत गर्न खोजीएको छ । माइतीमा बाबुआमा नहुदा माइती जान मन नलागेका कुराहरु कलात्मक ढंगबाट प्रस्तत गरिएको तीज गीतमा प्रदिप त्रिपाठिलाई राधिका हमाल र कमला दाहालले स्वर दिएर साथ दिएका छन् । नेपाली समाजको मौलीकता बोकेको यस गीतमा लय गायिका कमला दाहालको रहेको छ भने गीतलाई घनश्याम रिजालले लेखेका हुन । राकेश सानीले ऐरेन्ज गरेको गीतलाई दिपक गिरीले छायाकंन, निशान एस.के.ले निर्देशन र प्रकाश एस.के. ले सम्पादन गरेका हुन । यस अघि पत्रकार ऋषी धमलाको बारेमा गीत गाएर ख्याति कमाएका लोक तथा दोहोरी गायक प्रदिप त्रिपाठीको यस गीतले समेत दर्शकको अपार माया पाउने विश्वास लिएका छन् । उनि भन्छन् मैले गीत मार्फत पर्वको मौलिकताको संरक्षण गर्न चुकेको छैन त्यसैले गीत सबैको प्रिय बन्छ । तीजमा दिदि लिन गएको भाईलाई तिहारमा आउने बाचा दिएको कुराहरु गितले समेटेको गीतको भिडियो लाई पनि अत्याधिक मन पराइएको छ । गायक त्रिपाठीकै युटुव च्यानल बाट सार्वजनिक गरिएको झण्डै आठ मिनेटको गीतको भिडियोमा दुर्गा सापकोटा ले दिदिको र किरण दहालले गरेको भाईको अभिनय दर्शकले रुचाएका हुन ।

 

भिडियो सहित गीत हेर्नुहोस्

https://youtu.be/AN6pKAUK6Rc

Share.

Leave A Reply