play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

लभ यु हमेशा’को टिजर सार्वजनिक

0

साउन,८ ।
लभस्टोरी फिल्म ‘लभ यु हमेशा’को टिजर सार्वजनिक गरिएको छ । भास्कर प्रधानको लेखन र निर्देशन रहेको टिजरमा फिल्मको मुख्य अंश समेटिएको छ ।

केही पहिले ६ भदौ रिलिज मिति बताइएको यो फिल्म सरेर भए भदौ २७ मा पुगेको छ । फिल्मको प्राबिधिक कार्य समयमा नसकिदा रिलिज मिति सार्नु परेको निर्देशक प्रधानले बताए ।

युवन गुरुङको प्रस्तुतिमा मिलन गुरुङ सह–निर्माता रहेको फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योन्जन,शिसिर राणा, गोपाल ढकाल ९छन्दे०,सुरज श्रेष्ठ,सौरभ श्रेष्ठ, गीता बर्मा,करुणा श्रेष्ठ,निराजन मेहता, पिटी योल्मो,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारको अभिनय रहेको छ ।

भासुको संगीत रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध निर्देशन र कमल राईको कोरियोग्राफी छ । शिब ढकालले खिचेको फिल्मको सुटिङ भारतको कालेबुङ, सिलगुडीमा गरिएको हो ।

फिल्मको एउटा गीत र केही दृश्य सिंगापुर र फिलिपिन्समा खिच्नका लागि यसै साता फिल्म युनीट फिलिपिन्स उड्दैछ । धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मलाई रिच इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।

Share.

Leave A Reply