play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

भरतपुर महानगरले फिर्ता र्गयो व्यवसायीलाई ४० लाख

0

चितवन,साउन, १ ।
भरतपुर महानगरपालिकाले व्यवसाय दर्ताबापत उठाएको ४० लाख रुपैयाँ व्यवसायीहरूलाई फिर्ता गरेको छ । व्यवसाय दर्ताबाट गत आर्थिक वर्ष २०७५–७६ मा ५ करोड ७६ लाख ७९ हजार ४ सय १६ रुपैयाँ राजश्व संकलन गरेको महानगरपालिकाले ४० लाख रुपैयाँ व्यवसायीहरुलाई फिर्ता गरेको हो । व्यवसाय दर्ता दस्तुरबापत उठेको कूल रकमको पाँच प्रतिशत उद्योग वाणिज्य संघ चितवन र तीन प्रतिशत चितवन उद्योग संघलाई दिइएको महानगरपालिकाले जनाएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठलाई पाँच प्रतिशतले हुन आउने २३ लाख ७३ हजार नौ सय ७० रुपैयाँको चेक हस्तान्तरण गरिन् । त्यसैगरी, दाहालले चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेललाई तीन प्रतिशतले हुन आउने १४ लाख ३० हजार तीन सय ८२ रुपैयाँको चेक हस्तान्तरण गरिन् । भरतपुर महानगरपालिका नगर कार्यपालिकाले गत वर्ष साउनमा उद्योग वाणिज्य संघ चितवनलाई व्यवसाय दर्ता दस्तुरबापत संकलित रकमको पाँच प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसैगरी, भरतपुर महानगरले चितवन उद्योग संघलाई व्यवसाय दर्ता दस्तुरबापत संकलित रकमको तीन प्रतिशत रकम उपलब्ध गराउने निर्णय गत वर्ष कात्तिकमा गरेको थियो । रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको आन्तरिक आय वृद्धि गरेको बताइन् । उद्योग वाणिज्य संघ तथा उद्योग संघलाई हस्तान्तरण गरिएको रकम संघ र महानगरको सहकार्यमा करदाता शिक्षा र महानगरको भौतिक पूर्वाधार विकासमा खर्च गरिने छ ।

Share.

Leave A Reply