play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

वीरगञ्जमा पाँच वर्षीय बालकको खोलामा डुबेर मृत्यु

0

पर्सा, साउन, १ ।
धान रोप्न गएकी आमालाई पछ्याउँदै गएका पाँच वर्षीय बालकको खोलामा डुबेर ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही टोलका कृष्ण ठाकुरको छोरा अकलेश ठाकुरको भेडाहा खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । खेतमा धान रोप्न गएकी आमालाई पछ्याउँदै जाने क्रममा भेडाहा खोलामा डुबी बालक ठाकुर सिकिस्त परेका थिए । उनलाई उपचारको लागि गण्डक अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply